अमेरिका स्थित नेपाली दुतावासको ‘चेक र मनी अडर’ लुटपाट प्रकरणमा परराष्ट्र मन्त्रीको चासो
February 06, 2026
पेन्सिलभेनिया, अमेरिका नेपाल सरकारका नवनियुक्त परराष्ट्र मन्त्री डा. विमला राई पौडेलले अमेरिका स्थित नेपाली दुतावासको चेक र मनी अडर लुटपाट प्रकरणमा चासो व्यक्त गरेकी छिन्।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्यहरु सँग मंगलवार साँझ भएको परिचयात्मक कार्यक्रममा मन्त्री पौडेलले दुतावास लुटपाट घटना बारे चासो राखेकी हुन्।
भर्चुअल मार्फत भएको कार्यक्रममा मञ्चका पदाधिकरी सँग मन्त्री पौडेलले दुतावास र पीडित सेवाग्राहीबाट फरक फरक कुरा आएकोले भएको चै के हो भनेर सोधेकी थिएन्।
‘कोहीकोही सेवाग्राहीले पठाएको गुनासो र दुतावासको रिपोर्ट फरक आयो यो के हो भनेर उहाँले नै सोध्नु भयो हामीले सबै विस्तृत कुरा भन्यौ।’ प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले कार्यक्रम पछि समाज टाइम्स सँग भने।
‘टेक्सासमा कर्मचारीको लापरवाहीले गर्दा चेक र मनी अडर हराएको त्यसमा दुई लाख भन्दा बढी रकम भएको, एम्बेसीले आयोजना गरेको कार्यक्रम सकिएर पनि उहाँहरु (कर्मचारी) बढी समय बसेर हराएको, चेक र मनी अडर विना नाममा लिएको, अहिले पुन मनी अडर पठाउन भनिएको र कतिपय सेवाग्राहीहरुको काम रोकिरहेको छ भनेर हामीले भन्यौ।’ थापाले भने।
जवाफमा मन्त्री पौडेलले सेवाग्राहीको काम नरोक्न आफुले निर्देशन दिने बताएकी थिएन। ‘उहाँले भोली नै सेवाग्राही सँग दोहोरो दस्तुर नलिइकन सबै काम गरिदिन निर्देशन दिन्छु भन्नु भएको छ।’ थापाले भने ‘राजस्वको बारेमा मन्त्रीज्यूले केही भन्नु भएन तर पब्लिकको काम नरोक भनेर निर्देशन दिन्छु भन्नु भयो।’
दुतावासले जनसेवाका लागि भन्दै गत महिना टेक्सासमा घुम्तिशिवर चलाएको थियो। सो क्रममा राहदानी र एनआरएनए कार्डका लागि एक हजार भन्दा बढी सेवाग्राहीले सुविधा लिएका थिए।
तर राजश्व दस्तुरका लागि लिइएको चेक र मनी अडर लुटिएको थियो । कार्यक्रम सकिए पछि दुतावासका कर्मचारीले चेक र मनी अडर गाडिमा छोडेर आफुहरु रेष्टुरेन्टमा खान गएको समयमा पार्किङ्गमा रहेको गाडि फोडेर लुटिएको थियो।
त्यस पछि दुतावासले चेक र मनी अडर रद्द गरि पुन पठाउन भन्दै विज्ञप्ति जारी गरेको थियो। कतिपय सेवाग्रहीले मनी अडर रद्द गर्दा शुल्क लाग्ने र अन्य बोझ पनि थपिने भन्दै दुतावासको विज्ञप्तिको आलोचना गरेका थिए।
तर दुतावासका कर्मचारीले व्यक्तिगत रुपमा फोन गरेर सेवाग्राहीलाई धम्की समेत दिने गरेको सार्वजनिक भएको थियो। उनीहरुले फोनमा मनी अडर र चेक पुन नपठाए काम अगाडि नबढाउने भन्दै धम्काएको सेवाग्राहीको गुनासो छ।
घटनाकै क्रममा नेपालमा सरकार परिवर्त भए पछि सेवाग्राही मारमा पर्दै आएका थिए।
अध्यक्ष थापाका अनुसार परिचयात्मक कार्यक्रममा मन्त्री सँग अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा कन्सुलेट अफिस राखिनु पर्ने, प्रवासवाट नेपाली नागरिकले मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरिएको छ।
यस्तै माल्टाबाट युके आउन भिसामा समस्या देखिएकाले माल्टलाई स्पेन स्थित दुतावासवाट हेर्ने प्रवन्ध मिलाउन आग्रह गरिएको छ। साथै पोर्चुगलका नेपालीलाई पासपोर्टमा देखिएको समस्या छिटो व्यवस्थापन गर्नुपर्ने, बेलायतमा रहेका गोर्खाहरूको समस्या समाधान गरिनुपर्नेमा पनि जोड दिइएको छ।
कार्यक्रममा संसारका सबै नेपाली दुतावासहरूमा प्रवेश गर्दा आफ्नै घरमा रहेको महसुस प्रवासी नेपालीहरूले गर्न पाउने वातावरण निर्माण गर्न र सेवा सुविधा छिटो गराउन पदाधिकारीले आग्रह गरेका थिए।
जवाफमा मन्त्री पौडेलले नीतिगत निर्णय गराउन बाहेक अन्य कुराको यथासक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन्।
कार्यक्रममा अध्यक्ष थापा सहित सल्लाहकार परिषद अध्यक्ष भक्त गुरूड,सचिव हेम शेर्पा , उपसचिव चानक पोख्रेल र सचिवालय सदस्यहरू प्रभुराम थापा ,भक्त गुरुङ्ग,भक्त वाग्ले र कमलमणि गुरागाही सहभागि थिए।
Recent News
आचार्यको नेतृत्वमा ओएनएफ अमेरिकाको म्यासाच्युसेस् राज्य कमिटी गठन
February 06, 2026
रवासी नेपाली मञ्च अमेरिका न्यूहम्सायर अध्यक्षमा डम्बर कडरीया
February 06, 2026
सुन्दर घिमिरेको अध्यक्षतामा प्रवासी नेपाली मञ्च इलिनोइ च्याप्टर गठन
February 06, 2026
रेमिटेन्सलाई व्यवस्थित गर्न सरकार तयार छ-अर्थमन्त्री पौडेल
February 06, 2026