रवासी नेपाली मञ्च अमेरिका न्यूहम्सायर अध्यक्षमा डम्बर कडरीया
February 06, 2026
पेन्सिलभेनिया,अमेरिका / प्रवासी मञ्च अमेरिका न्यूहम्सायर अध्यक्षमा डम्बर कडरीया निर्वाचित भएका छन्।भर्चुअल मार्फत शनिवार सम्पन्ने भेलाले कडरीयाको नेतृत्वमा
सात सदस्यीय न्यूहम्सायर राज्य कमिटीको निर्विरोध चयन गरेको हो।कमिटीको सचिवमा टिका भट्टराई छन्। सदस्यमा टोप गुरूड्ग, राजन कुथुमी राई,दुर्गा कुमारी राई, मुना अर्याल र बिनोद कार्की छन्।भेला मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एवं अमेरिका महादेस ईन्चार्ज प्रभु थापाको प्रमुख आतिथ्यतामा भएको थियो।नव निर्वाचित च्याप्टर कमिटीलाई बधाई दिदै थापाले सफल कार्यकालको शुभ कामना दिएका थिए। थापाले मञ्च अन्तर्राष्ट्रिय कमिटीको संस्थागत संरचना,उदेश्य एवं प्रवासीहरुको हक, अधिकार
स्थापनाको पक्षमा निति निर्माणमा खेलेको भूमिका बारेमा प्रस्टाएका थिए।यस्तै अमेरिका महादेश कमिटिका अध्यक्ष ईस्वरी भट्टले आफ्नो कार्यक्षेत्र अमेरिका र क्यानाडामा संगठनको विस्तार र प्रगतिबारेमा चर्चा गरेका थिए। मञ्चको अमेरिका कमिटीका अध्यक्ष कृष्ण लामिछानेले अमेरिकामा प्रवासी नेपाली मञ्चको स्थापना,मञ्चको उदेश्य, संस्थाको कार्यनीति,
स्थापना काल देखी गर्दै आएका सामाजिक कामको बिस्तृत जानकारी गराएका थिए।उनले आगामी ३ बर्षसम्मको कार्य योजना निर्माण गरी कारान्वयन गरी रहेको बताउदै विगत देखी न्यूहम्सायर राज्य कमिटीले गर्दै आएका महत्वपुर्ण कामका प्रसंसा गरेका थिए। लामिछानेले भविश्यमा अझ बार्षिक योजना निर्माण गरी लाग्नु हुन सुझाव समेत दिनु दिए।
मञ्च अमेरिकाका सचिव छवी पाण्डेले अमेरिकामा गत जुनमा सम्पन्न तेस्रो अधिवेशन पछि संगठन विस्तारका प्रकृया योजनाबद्द रूपमा लागेको र यसै क्रममा यो भेलाको पनि आयोजना गरिएको बताए।सचिव पाण्डेले अन्य राज्यमा पनि क्रमस भेला गरिने बताए। मञ्च अमेरिकाका सल्लाहाकार समिति सभापती डा. रूद्र अर्यालले संगठनले
गरेका कामको प्रसंशा गर्दै आफ्नो कमिटीले गरेका गतिबिधिहरू बारे प्रस्टाएका थिए। उनले भविश्यमा अन्तर्राष्ट्रिय स्तर विभिन्न देशमा निर्माण भएका सल्लाहाकार समितिहरूसँग समन्वयन गरी अमेरीकाको प्रवासी मञ्चको प्रतिष्ठालाई थप प्रतिष्ठित बनाउने काममा पहल गर्ने बताए।गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका न्यूहम्सायर च्याप्टर
अध्यक्ष कमल ढुङ्गनाले बिगतमा जस्तै भविश्यमा पनि मञ्च न्यूहम्सायर राज्य कमिटिसँग सहकार्य गर्दै साझा सवालमा काम गर्ने बताए।कार्यक्रममा मञ्च अमेरिका सल्लाहाकार समिति सदस्यहरू एवं न्यूहम्सायर निवासी शिव राई, सोम गुरूङ, छत्र कुमारी गुरूङ एवं डम्बर कडरीयाले सन् २००९ देखी न्यूहम्सायरमा संगठनको स्थापना र
गतिविधिका बारेमा अनुभव सुनाएका थिए।मञ्च न्यूहम्सायरका संस्थापक सदस्य ईस्वरी भट्टले संचालन गरेको भेलाको अध्यक्षता न्यूहम्सायर निवासी मञ्चकी उपाध्यक्ष मैया
ढुड्गानाले गरेकी थिइन।
Recent News
आचार्यको नेतृत्वमा ओएनएफ अमेरिकाको म्यासाच्युसेस् राज्य कमिटी गठन
February 06, 2026
सुन्दर घिमिरेको अध्यक्षतामा प्रवासी नेपाली मञ्च इलिनोइ च्याप्टर गठन
February 06, 2026
रेमिटेन्सलाई व्यवस्थित गर्न सरकार तयार छ-अर्थमन्त्री पौडेल
February 06, 2026