आचार्यको नेतृत्वमा ओएनएफ अमेरिकाको म्यासाच्युसेस् राज्य कमिटी गठन
February 06, 2026
अमेरिका । प्रवासी नेपाली मन्च (ओएनएफ) अमेरिकाको म्यासाच्युसेस् कमिटी गठन भएको छ ।म्यासाच्युसेस् राज्य कमिटीको म्यासाच्युसेस् राज्य कमिटीको
फेब्रेअरी ५ मा बोस्टनमा आयोजित बिस्तारित बैठकले भिष्मा आचार्यको नेतृत्वमा सात सदस्सीय राज्य कमिटीको गठन गरेको हो ।सो कमिटीको उपाध्यक्षमा नबराज जमरकटेल, सचिव ज्ञानेश्वर तिवारी, सदस्यहरु दीपेन्द्र सुबेदी, बसन्त पराजुली, रिना थापा र दामोदर उप्रेती चयन भएका छन् ।राज्य कमिटीका अध्यक्ष बैज्ञानिक प्रतिक सुबेदीको अध्यक्षतामा सम्पन्न बैठकलाई ओएनएफ अमेरिकाज महादेशिय कमिटीका उपाध्यक्ष बुद्धबज्र लामा, ओेएनफ अमेरिकाका उपाध्यक्ष भिम ओली, सदस्य मिना खतिवडा, म्यासाचुसेट्स राज्य कमिटीका पूर्वअध्यक्ष राजकुमार थापा, एनआरएनए म्यासाच्युसेस् राज्य कमिटीका अध्यक्ष प्रेम तामाङ्, जिबिएनसि म्यासाचुसेसका उपाध्यक्ष सुनिल नेपालीले सम्बोधनसहित नवनिर्वाचित कमिटीलाई कार्यकाल सफलताको कामना गरेका थिए । बैठकमा ओएनएफ अमेरिकाका केन्द्रीय सदस्यहरु प्रचन्ड श्रेष्ठ, अजय कुशवाह, एनआरएनए म्यासाच्युसेस्का सहसचिव सलोली भण्डारी, सदस्य समुन्द्र श्रेष्ठ र कलाकार सुशिल गौतमलगायतको उपस्थिति रहेको थियो ।
Recent News
रवासी नेपाली मञ्च अमेरिका न्यूहम्सायर अध्यक्षमा डम्बर कडरीया
February 06, 2026
सुन्दर घिमिरेको अध्यक्षतामा प्रवासी नेपाली मञ्च इलिनोइ च्याप्टर गठन
February 06, 2026
रेमिटेन्सलाई व्यवस्थित गर्न सरकार तयार छ-अर्थमन्त्री पौडेल
February 06, 2026