सुन्दर घिमिरेको अध्यक्षतामा प्रवासी नेपाली मञ्च इलिनोइ च्याप्टर गठन
February 06, 2026
सिकागो, अमेरिका । सुन्दर घिमिरेको अध्यक्षतामा प्रवासी नेपाली मञ्च इलिनोइ च्याप्टर गठन गरिएको छ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाका उपाध्यक्ष गोपाल कडेलको प्रमुख आतिथ्यमा आइतवार सम्पन्न भर्चुअल मार्फतको भेलाले सात सदस्यीय इलिनोइ च्याप्टर कमिटी गठन गरेको हो।
ओएनएफ अमेरिकाका उपसचिव तथा मिडवेस्ट क्षेत्रका संयोजनकर्ता थोमस बास्तोलाको अध्यक्षतामा सम्पन्न भेलालाई मञ्चका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य शिब अधिकारीले सञ्चालन गरेका थिए।
भर्चुअल भेलाले तुलसी बस्तेतलाई उपाध्यक्ष र सरोज खड्कालाई सचिवमा चयन गरेको छ।
सदस्यहरूमा बिष्णु बेलबासे, भागिरथा पौडेल, जीवन भूसाल र लक्ष्मण पाण्डे रहेका छन् ।
नवगठित कमिटीका अध्यक्ष घिमिरेले ‘च्याप्टर कमिटीलाई सेवा र समन्वयभावका साथ सिर्जनात्मक ढङ्गले अगाडि बढाउने’ प्रतिबध्दता व्यक्त गरेका छन् ।
नेपालबाट अमेरिका आएर बसोबास गरिरहेका नेपाली समुदायलाई समन्वय गर्दै सामाजिक काममा सक्रिय गराउन अमेरिकाको कानूनअन्तर्गत ‘५०१ सी’ रजिष्ट्रर गरिएको प्रवासी नेपाली मञ्चले दुई हप्ताअघि मात्रै भेला सम्पन्न गरी केन्टकी राज्यकमिटी पुनर्गठन गरेको थियो ।
<p>यसबाहेक मिडवेस्ट क्षेत्रका अन्य राज्यहरूमा पनि सेवाभाव र देशप्रेम भएका नेपालीहरूलाई समेटेर मञ्चका च्याप्टर कमिटीहरू बनाउँदै लगिने मिडवेस्ट क्षेत्रका संयोजनकर्ता बास्तोलाले बताएका छन् ।
Recent News
आचार्यको नेतृत्वमा ओएनएफ अमेरिकाको म्यासाच्युसेस् राज्य कमिटी गठन
February 06, 2026
रवासी नेपाली मञ्च अमेरिका न्यूहम्सायर अध्यक्षमा डम्बर कडरीया
February 06, 2026
रेमिटेन्सलाई व्यवस्थित गर्न सरकार तयार छ-अर्थमन्त्री पौडेल
February 06, 2026