रेमिटेन्सलाई व्यवस्थित गर्न सरकार तयार छ-अर्थमन्त्री पौडेल
February 06, 2026
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिटेन्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्।
प्रवासी नेपाली मञ्ज अमेरिकाले आयोजना गरेको रेमिटेन्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पौडेलले रेमिटेन्सलाई वैधानिक च्यानलबाट भित्र्याउन पहल गर्ने बताए।
उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको उनले बताए।
'रेमिटेन्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौं। लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनु पर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न सरकार तयार छ,' उनले भने।
रेमिटेन्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ–नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने उनले बताए।
अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरूलाई परिमार्जन र सुधार गर्दै जाने पनि उनले बताए।
गैर-आवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको पनि उनले बताए।
Recent News
आचार्यको नेतृत्वमा ओएनएफ अमेरिकाको म्यासाच्युसेस् राज्य कमिटी गठन
February 06, 2026
रवासी नेपाली मञ्च अमेरिका न्यूहम्सायर अध्यक्षमा डम्बर कडरीया
February 06, 2026
सुन्दर घिमिरेको अध्यक्षतामा प्रवासी नेपाली मञ्च इलिनोइ च्याप्टर गठन
February 06, 2026